जनता टाइम्स

११ श्रावण २०७७, आईतवार १७:०८

उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदुत बेरीको भेटबार्ता : एमसीसीबारे राखे यस्तो गम्भीर चासो


काठमाडौं, साउन ११ । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले एमसिसिबारे चासो राख्नुभएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगआज उहाँकै कार्यकक्ष सिंहदरवारमा भेट गरी राजदुत बेरीले एमसिसीको बिषयमा गम्भीर चासो राख्नुभएको हो ।

नेपालका लागि अमेरिकी राजदूत बेरी आज दिउसो रक्षा मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलसँग भेट गर्नुभएको हो । सो क्रममा उहाँले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राख्नुभएको मन्त्रालय स्रोतले जनाएको छ ।सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले मन्त्री पोखरेललाई भेट गरी चासो राख्नुभएको हो ।

मन्त्री पोखरेलसँगको भेटमा राजदूत बेरीले ‘एमसीसीको विषय के भइरहेको छ ?’ भन्दै आफ्नो चासो राख्नुभएको हो । जवाफमा रक्षामन्त्री पोखरेलले सरकारले गम्भीर छलफल अघि बढाएको भन्दै यथासंभव चाँडो निश्कर्षमा पुग्ने बताउनु भएको छ । उहाँहरुबीच द्धिपक्षीय हितका बिषयमा समेत छलफल भएको छ ।