जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १५:१०

सरिता गिरीको ठाउँमा लीलादेवी बनिन सांसद


काठमाडौं, साउन १२ । नेपाली भूमि फिर्ता ल्याउन जारी भएको नक्साअनुसार निशान छाप समेटन गरिएको संबिधान संशोधनको बिपक्षमा उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित हुनुभएको छ । आज निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खसआर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण लिने बताइएको छ ।

सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले उहाँलाई सांसद नरहने गरी कारबाही अनुसार निलम्बन गरेको थियो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरेर सडक निमार्ण गरि उद्घाटन समेत गरेपछि नेपालले आफ्नो भुमि फिर्ता लिन नयाँ नक्सा जारी गर्दा सरिता गिरी भारतको पक्षमा उभिएर नेपालको विरोध गर्नुभएको थियो ।