बागलुङ, साउन १३
बागलुङको दुई छट्टा छुट्टै स्थानमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको हो ।
मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको छ । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते हुनु भएको छ ।
त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् । यसैबीच, निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्