जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १३:१२

केपी ओली प्रधानमन्त्री नभएको भए नक्सा बन्दैन थियो : चन्द्र भण्डारी


काठमाडौं, साउन १३

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौति मोलेरै नक्सा प्रकाशन गरेको बताउनु भएको छ । उहाले ओली प्रधानमन्त्री नभएको भए नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न कसैको हिम्मत नहुने समेत स्पष्ट पार्नुभएको छ ।

एभिन्युज टेलिभिजनको अन्तवार्तामा उहाले पार्टीका बैठकको अडियो रेकर्ड गरेर भारतीय दूतावासमा पु¥याउने समुहहरु कांग्रेस र नेकपा दुवैमा सक्रिय रहेको समेत खुलाउनु भयो । ‘प्रधानमन्त्रीमा ओली जि नभएको भए नक्सा आउदैन थियो, र कांग्रेसमा देउवा सभापति नभएको भए संसदबाट सर्वसम्मतले पारित हुदैन थियो’, उहाले भन्नुभयो । नेता भण्डारीले नक्सा प्रकाशन गर्नु अगाडी आफु र एनपी साउदले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको समेत बताउनु भयो । ‘तपाईले नक्सा त निकाल्नु भयो, अब तपाईलाई हटाउन लागि पर्छन् भनेर हामीले भन्यो’, उहाले अगाडी भन्नुभयो ।

उहाले नक्सा निकालेपछि भारतका सबै मिडियाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउछौं भनेर भनिरहेका बेला नेकपाकै कतिपय नेताहरु छिमेकीको बुई चढेर सो माग राख्नु उचित नभएको स्पष्ट पार्नुभयो । ‘देशको दुईतिहाईको सरकारले नक्सा निकालेपछि भारतीय सबै मिडियाले अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौं भन्छ, त्यही बेला नेकपाका नेताहरु राजिनामा दे भन्छन्, अब हामीले के बुझ्ने ?’, उहाले प्रश्न गर्नुभयो ।

अहिलेको अवस्थामा प्रधानमन्त्रीबाट ओलीलाई हटाउने हो भने नेपालका कुनै पनि सरकार लामो समय टिक्दैनन उहाले भन्नुभयो । ‘यसबाट के सन्देश जान्छ भने भारतका विरुद्ध काम गर्यो भने हामीले दुई तिहाईको सरकार त ढाल्यो भन्दै उनिहरु खुशी मनाउने छन्’, उहाले थप प्रष्ट पार्दै भन्नुभयो,‘त्यसपछि नेपालका नेताहरु सिहंदरवार छाडेर दूतावासमा धाउनेछन् । ’

नेता भण्डारीले नेकपा पार्टी भित्र अनेकौं विवाद होला ? तर, कुन बेला के कुरा गर्ने भन्ने बुझ्नुपथ्र्यो, दुई महिना थप कुरेको भए के जान्थ्यो । नेपालका अधिकाश नेता राष्ट्रियताका विषयमा बोल्न डराउने गरेको पनि आरोप लगाउनु भयो । ‘सीमा, डुबान, नागरिकता लगायतका विषयमा खै नेताहरु खुलेर बोलेको’, उहाले भन्नुभयो,‘राष्ट्रियताको विषयमा मौनता साध्नु नै नेपालका लागि दुर्भाग्य हो ।’