जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १४:४४

प्रचण्डले बालुवाटारमा भन्नुभयो : यो बैठक औपचारिक होइन


काठमाडौं, साउन १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा अहिले चलिरहेको भनिएको स्थायी कमिटीको औपचारिक बैठक नभएको स्पष्ट पार्नुभएको छ । कोरम नै नपुगेपछि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठक स्थल फर्कनु भएका उहाले यो अनौपचारिक छलफल मात्र भएको स्पष्ट पार्नुभएको हो ।

ओलीसँग भेटेर आएपछि प्रचण्डले औपचारिक बैठक बस्न अझै केही गृहकार्य गर्नुपर्ने भएको भन्दै सदस्यलाई बिफ्रिङ गर्नुभएको छ । यो बैठकलाई औपचारिक रुपमा माने दुर्घटना निम्तिने भएकाले अनौपचारिक रुपमा लिन आग्रह गर्नुभयो । उहापछि उपाध्यक्ष बामदेव गौतमले आफ्नो ६ बुँदेका विषयमा बैठकमा जानकारी गराउनु भएको छ । बैठकमा रामबहादुर थापा बादल भने उपस्थित हुनु भएको छैन । केही ओली पक्षीय नेताहरु पनि सहभागी हुनु भएको छ ।