जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १३:१८

कालापानीका विषयमा भारतलाई गतिलो जवाफ दिने आँटिला सिडिओ पोखरेल


काठमाडौं, साउन १४

भारतको स्थानीय प्रशासनले कालापानी क्षेत्रमा लुकीछिपी नेपाली समूहको प्रवेश हुनसक्ने सूचना पाएको र त्यसबारेमा नेपाली पक्षले पनि आफूलाई अवगत गराउन भनी पत्र लेखेको दुई सातापश्चात् नेपाली स्थानीय प्रशासनले गतिलो जबाफ फर्काएको छ । त्यसरी पत्र फर्काउने नेपाली हुन्, दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल ।

उहाले भारतीय पक्षबाट पत्र प्राप्त हुनासाथ संघीय सरकारलाई जानकारी गराएपछि जवाफ फर्काएको बताउनु भयो । ‘भारतले पत्रमा उल्लेख गरेका ती क्षेत्र नेपाली भूमि हुन् भन्नेमा शङ्का छैन, नेपाली भूमिमा हिँड्डुल गर्न पूर्ण स्वतन्त्रता नेपाली नागरिकलाई छ’, उहाले भन्नुभयो । केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ ।

जिल्ला प्रशासनले कार्यालय दार्चुलाले मङ्गलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले मानिसहरूलाई दुःख नदिन भनिएको थियो । सो क्षेत्रका बासिन्दाले भारतले विगतमा कोही नभएको मौका पारेर नेपाली भूभागमा रहेका प्राकृतिक स्रोत साधनको दोहन गर्दै आएको थियो । अहिले सुरक्षाकर्मीको उपस्थितिसँगै नेपालीको चहलपहल बढेपछि दोहन रोकिएको समेत रोकिएको छ । सोही कारण भारतीय पक्ष चिढिएको हुनसक्ने जानकारहरु बताउछन् ।