काठमाडौं, साउन १४
जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
सिंहदरवारस्थित संसद सचिवालयमा बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ गराउनुभयो । संविधान संशोधन प्रस्तावमा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निश्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद हुनुभएको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला तत्कालिन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्