जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १३:४९

तीन दिनपछि भेटियो पहिरोमा बेपत्ता युवकको शव


कैलाली, साउन १६

बाजुरामा पहिरोमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव फेला परेको छ । बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।

साँफे मार्तडी सडक खण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर उनी बुधबारदेखि बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएदेखि नै पाध्यायको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए । सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते हुनुभएको थियो । दुवै जना निको भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।