जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार २०:२५

नागढुंगाबाट घुससहित समातिए तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत 


काठमाडौं, साउन १६ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा आज साँझ नागढुंगामा उपाध्यायलाई पक्राउ गरेको हो ।

अखितयारको टोलीले उपाध्यायबाट एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेको छ । भुक्तानीबापत ठेकेदारसँग सो रकम घुस लिएको अख्तियारले जनाएको छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नागढुंगामा नियन्त्रणमा लिई खानतलासी गरी पक्राउ गरेको हो ।