जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १६:०७

सभामुखको सुरक्षामा खटिएका अगुवा सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि


काठमाडौं, साउन १७

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अगुवा गाडीका खटिएका सुरक्षाकर्मीमध्ये एक जनामा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिएको प्रहरीले जानकारी दिएको छ ।

उहाँको परीक्षणको परिणाम पोजिटिभ देखिएपछि सुरक्षार्थ खटिनुहुने अन्य सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।