जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार २०:४३

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा सदस्य थापा गम्भिर घाइते


धनगढी, साउन १७

सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते हुनुभएको छ । उहालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । धनगढीस्थित बुद्ध चोकमा शनिबार उहा सवार मोटरसाइकललाई पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार प्रदेश सांसद थापा धनगढीबाट जुगेडातर्फ जाँदै गरेका बेला पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएपछि लडेर घाइते हुनु भएको जानकारी दिनुभयो । उहाको टाउकोमा गहिरो चोट लागेको र अवस्था चिन्ताजनक रहेको कांग्रेस सांसद भरतबहादुर खड्काले बताउनु भयो ।

धनगढीस्थित मायामेट्रो अस्पतालमा शुरुमा उपचार भएपनि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ । ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको डिएसपी बिष्टले बताउनु भयो । अछाम घर हुनुभएकी प्रदेशसभा सदस्य थापा कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्छ ।