जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ११:११

खुशी हुने नेपालीको संख्यामा वृद्धि, यस्तो छ तथ्यांक


काठमाडौं, साउन १८

पछिल्लो समय नेपालमा खुसी हुने नेपालीको संख्यामा बढेको छ । विगतको तुलनामा पछिल्लो पाँच वर्षमा खुसी हुने नेपालीको संख्यामा वृद्धि आएको देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागको पछिल्लो सर्वेक्षणले ६३ प्रतिशत नेपाली खुसी रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषमा ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसतदर ६३ दशमलव ४ प्रतिशत रहेको छ ।

यो उमेर समूहका महिलामध्ये ६२ दशमलव ४ प्रतिशत र पुरुषमध्ये ६४ दशमलव ७ प्रतिशतले आफू ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको धारणा राखेका छन् । त्यसैगरी १५ देखि २४ वर्ष उमेर समूहका ६८ प्रतिशत युवतीहरु तथा सोही उमेर समूहका ६९ दशमलव ६ प्रतिशत युवाहरु ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको पाइएको छ ।

महिला तथा पुरुष समग्रमा ४८ प्रतिशतले अबका दिनमा जीवनस्तर सुधारको अपेक्षा गरेका छन् । महिलाको तुलनामा पुरुषहरु आउँदो दिनमा जीवनस्तर सुधार हुनेमा बढी आशावादी देखिएका छन् । १४४९ उमेर समूहका पुरुषमध्ये ५२ दशमलव ५ प्रतिशतले विगत वर्षमा भन्दा आउँदो वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेका हुन् ।

त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहका ५० दशमलव १ प्रतिशत युवतीहरु र ५६ दशमलव ४ प्रतिशत युवाले आउँदो वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्ति गरेका केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ ।