जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १४:२७

एनसीसी बैंकको सिइओमा २४ वर्षदेखि कार्यरत अर्यालकै निरन्तरता


काठमाडौं, साउन २२

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्यालले नै निरन्तरता दिनुहुने भएको छ । बै‌क सञ्चालक समितिको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । १ असोज २०७३ सालमा एनसीसी बैंकको सीइओमा नियुक्त हुनुभएको उहाँको कार्यकाल आउँदो १ असोजमा सकिदै थियो ।

एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको उहाँ एनसीसी बैंकमा नै विगत २४ वर्षदेखि कार्यरत हुनुहुन्छ ।