जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १८:३०

बुटवल उपमहानगरमा भदौं ५ सम्म पूर्ण लकडाउन, यस्तो छ कारण


बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि आज उपमहानगरपालिकाले भदौं ५ गतेसम्म पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ । बजार खुल्ला हुँदा आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो ।
बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उहाँको भनाई छ । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने छ ।