जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार २१:२३

सुशिल कोइरालाको जन्मदिनमा कांग्रेस सांसद दिब्यमणिको भावुक कविता


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको जन्मदिनमा कांग्रेस नेता तथा सांसद दिब्यमणि राजभण्डारीले कडा ब्यंग्यसहितको कविता लेख्नुभएको छ । निष्ठा, सत्य र इमानको राजनीति गर्ने आदरणीय सुशील दाको जन्म दिनको सम्झनामा मेरा दुई शब्द भन्दै राजभण्डारीले आफू र कोइरालासहितको तस्विरसहितको कविता सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । कवितामा कांग्रेसभित्रको बिकृतिलाई उजागर गर्नुभएको छ ।

यस्तो छ सांसद राजभण्डारीको कविता

सम्झिरहेछन सत्यको पथमा हिड्न चाहने धेरैले सुशील दाका अनुहारलाई
तर पथभ्रष्टले बिर्सिसके उहाँका आदर्श र सिद्धान्तलाई ।

रोके गौरवका साथ उहाँले खडा गरेका पार्टीका विभागहरलाई
अनि लत्याए आफ्ना पुराना निर्णयका नजिरलाई बनाए नयाँ नयाँ विभागहरू !

भाषण र वाणीमा मात्र सीमित पारिए वी.पी.,शुवर्ण, गणेशमान र किसुनजीका आदर्श र सिद्धान्तहरू
यहाँ यस्तै उस्तै रहेछन् जनताका दुःखदर्दका कथा व्यथाका भण्डार !

वा रे मेरो देश, यहाँ मस्ती रहेछ धन-दौलतमा खेल्ने, शक्तिको आडमा राजनीति गर्ने महा पुरूषहरूको !!
इमानको खडेरी परेको पो हो कि मेरो देशमा भनेर म टुकी बालेर खोज्ने प्रयत्न गर्दैछु सुशील दा’।
हार्दिक श्रद्धा सुमन । जयनेपाल ।