जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ११:३९

नेकपा विवाद : काउन्टडाउनको पहिलो दिन नै ओली–प्रचण्ड भेटवार्ता


काठमाडौं, साउन २९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पछिल्लो समय देखिएको पार्टी भित्रको विवाद समाधान गर्ने विषयमा नयाँ शिराबाट छलफल शुरु भएको हो ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काउन्टडाउन शुरु गर्न गरेको आग्रहको पहिलो दिन नै दुईअध्यक्षबीच भेटवार्ता भएको छ । साउन २० गते पछाडी बालुवाटारमा दुई अध्यक्षबीच पहिलो पटक भेटवार्ता भएको हो । यसबीचमा अनौपचारिक छलफल भने चलिरहेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

त्यसबीचमा कोरोनाको कहर बढेपछि र शिर्ष नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएपछि वार्ता स्थगित भएको थियो । भेटवार्तामा विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको नेताहरुले जानकारी दिनु भएको छ । उपाध्यक्ष बामदेव गौतमले अगाडी सारेर ६ बुदेको आसपासमा रहेर सहमति खोजिने तयारी भईरहेको छ ।