जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार ११:२३

पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि हेलिकप्टरमार्फत सभाभुख सापकोटा सिन्धुपाल्चोकमा


काठमाडौं, साउन ३०

सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जानुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि जानुभएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने उहाँले बताउनुभयो । आज बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको थियो । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको छैन ।

गत साउन १९ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

फोटो : सभामुखको सचिवालय