जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १३:२९

सिन्धुपाल्चोक पहिरो अपडेट : चार जनाको शव निकालियो, ३४ जना अझै बेपत्ता (नामावलीसहित)


सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएराती आएको पहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ । पहिरोले पुरिएको अवस्थामा चार जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अझै पहिरोमा परी ३४ जना बेपत्ता भएका छन । उनीहरुको खोजी तथा उद्दार कार्य जारी रहेको छ । पहिरोमा पुरिएका ३८ जनामध्ये चार जनाको शव फेला परेको र अन्य बेपत्ता रहेका हुन । पहिरोले ३७ घर पुरेको छ ।

हेर्नाेस सूची

फोटो : सभामुखको सचिवालय