जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १७:३१

सरकारी राहत लिएर पहिरोस्थलमा गृहमन्त्री थापा


सिन्धुपाल्चोक, साउन ३०

सरकारी राहत लिएर गृहमन्त्री रामबहादुर थापा पहिरो स्थल लिदी पुग्नु भएको छ । उहाले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामाग्री लिएर पहिरोस्थल जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा पुग्नु भएको हो ।

शुक्रबार बिहान झरेको पहिरोमा परेका गाउँलेलाई गृहमन्त्री थापाले नेपाली सेनाको हेलिकोप्टरमार्फत पुगेर राहत बाँड्नु भएको छ । पहिरोमा परेर हालसम्म ११ जनाको शव फेला परेको छ भने अझै २७ जना हराईरहेका छन् ।

पहिरो झरेपछि गाउँलेले नौजनाको जीवितै उद्धार गरेका थिए । पहिरोले ३७ घर ध्वस्त बनाएको छ। पहिरोमा परेर ९ जना घाइते भएका छन्। घरबारविहीन भएका स्थानीयका लागि प्रारम्भिक राहत लगेर गृहमन्त्री थापाले वितरण गरेको उहाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।