रावद्वारा लिखित पुस्तक “इनसाइडर”ले रावको व्यक्तित्व र कृत्तित्वलाई उदघाटित गर्दछ । रावपछि वाजपेयीको युग न्यूक्लियर परिक्षण, लाहोर बस यात्रा, कारगील युद्ध जस्ता परिघनाले स्मरण गरिन्छ । बाजपेयी सर्वदलीय सरकार, समन्वयको राजनीति, सन्तुलनको परराष्ट्र नीति, सडक सन्जालबाट उदारीकरण अर्थव्यवस्थाको सन्चालनले गर्दा इतिहासले उनलाई आदरपूर्वक नमन गर्दछ
विपिन देव
संसारका केही क्रान्तिका गाथाहरू स्र्वण अक्षरले इकिंत गरिएको हुन्छन । पे्रmन्च राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम जस्तै भारतीय स्वतन्त्रता आन्दोलनलाई विश्व इतिहासले आदरपूर्वक ग्रहण गर्दछ । भारतीय स्वतन्त्रता आन्दोलनमा सबभन्दा गहिरो र र्दीघकालीन प्रभाव माहात्मा गान्धीको नै देखिन्छ । गान्धीले स्वतन्त्रता आन्दोलनको लडाईंताका राजनीतिलाई तपस्याको संज्ञा दिएका थिए भने राजनीतिज्ञलाई तपस्वीको संज्ञा दिएका थिए । राजनीति अपरिग्रहको अंकुरवाट स्वच्छ हुन्छ । अर्थात सादगी, त्याग, सदाचार र सत्याग्रह गान्धी राजनीतिका सूत्रहरू हुन् । गान्धीको प्रभाव भारतीय राजनीतिमा अनवरत रुपमा देखिएको छ । सन १९४७ देखि सन १९५७ सम्म भारतीय राजनीतिको वडो संकटपूर्ण अवस्थामा थियो ।
भारत विभाजन, हिन्दू मूश्लिम सम्प्रादीयक तनाव, ५ सय वटा राज्यहरूको भारतमा एकीकरण जस्ता अनेकौ चूनौतिहरूको व्यवस्थापन थियो । भारतका दुई मूर्धन्य नेताहरू जवाहरलाल नेहरु र वल्वभाई पटेलले यी दायित्वहरूलाई निष्ठापूर्वक निर्वाह गरे । संविधान निर्माणको जिम्मेवारी अम्वेडकरले गरे । अम्वेडकर गान्धीको कटू आलोचक भएता पनि गान्धीको सिफारीशमा नै नेहरुको मन्त्रिमडलमा मन्त्री भएका थिए र साथ साथै संविधान मस्यौदा तयार गर्ने जिम्मेवारी पनि पाएका थिए । गान्धीवादको मर्मनै विरोधको ध्वनीलाई अंगीकार गर्नु हो । हुनतः यी दायित्व र अभिभाराहरू पूरा गर्न धेरै महापूरुषहरू सहभागी थिए । सन् १९४८ जनवरीमा गान्धीको हत्या भएपछि नेहरु र पटेल हरेक मतभेद र मतभेदका बाबजुद पनि आफ्नो कर्तव्यवाट विचलित भएन । किनकी यी दुई व्यक्तित्वहरूको मिलनको सेतु नै गान्धी वाद हो ।
सन् १९४६ देखि सन् १९५८ को कालखण्डमा पटेलले भारतको प्रशासनिक संरचनामा सुधार बलियो गरे । आइ.सी.एस (इडियन सिभिल सर्भिस)लाई परिर्वतित गरी आए.ए.एस. (इडियन एडमिनिस्ट्रेटिभ सर्भिस) मा रुपान्तर गरेर भारतको कर्मचारीतन्त्रलाई वलियो बनाउने श्रेय पटेललाई जान्छ । सन १९५८ देखि सन १९६७ सम्म कालखण्ड पनि धेरै उतार चढाव र आरोह अवरोहले भरिएको छ । संसारको राजनीतिलाई चकित बनाउने नेहरु नै थिए । भारत जस्तो अति पिछडिएको र पछौटेपन भएको समाजमा चूनाव गराउनु तत्कालीन समाजमा दिवास्वप्न नै थियो । भौगोलिक विविधता, निरक्षरता, प्रजातान्त्रिक मूल्य मान्यतावाट वञ्चित समाजमा चूनाव सम्पन्न गराएर नेहरुले आफ्ना नेतृत्वको परिचय दिइसकेको थियो । हुनतः सन १९२५ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षता सरोजनी नायडुलाई बनाएर प्रष्ट्र रुपमा संदेश दिएका थिए कि भारतका नेतृत्व सहभागीताको राजनीतिप्रति सचेत छन् । सन् १९२५ सम्म यूरोपका अधिकांश मूलुकहरूमा महिलाले मतदानका अधिकार समेत पाएका थिएनन । सन १९५७ र सन १९६७ बीच भारतलाई भाषाको आधारमा संयोजन गरेको पाइन्छ ।
चूनाव र भाषिक विविधताको सम्मान नै प्रजातन्त्रका पाइलाहरू हुन । पाकिस्तानको विभाजन भाषाका कारणले नै भएका हुन भने श्रीलङ्काको गृहयुद्धका कारण भाषा नै हुन । सन १९६२ मा चीनसंग पराजीत हुनु एउटा घटनाले नेहरुको नेतृत्वलाई प्रश्नको घेरामा रेखाङ्कित गर्दछ । तत्कालीन सेना प्रमुख घमैयाको सल्लाहलाई गम्भीरतापूर्वक नलिनु र कृषण मननको सल्लाहमा पूर्वविचार नगर्नु नेहरुले ऐतिहासिक भुल गरेको देखिन्छ । सन् १९६१ म गोवालाई पूर्तगालीको उपनिवेशवादवाट मुक्त गराएर प्रजातान्त्रिक मुलधारमा ल्याउनु एउटा उपलब्धिको रुपमा लिन सकिन्छ । प्रजातन्त्र र तानाशाही व्यवस्थाबीच तात्वीक अन्तर के हेर्न सकिन्छ भने इण्डोनेशियाले पूर्वीय टिमोरलाई पूर्तगेली उपनिवेशवाट मुक्त गराएर ४० वर्षसम्म चूनाव गराएन । सन १९६४ मा नेहरुको देहान्तपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भए । सन १९६५ ताका राम लिला मैदानबाट सम्वोधन गर्दै आफ्नो वायाँपट्टी मिर मूस्ताक अहमद र दायाँ पट्टी एनटोनी राइटलाई देखाउ‘दै भारत धर्मनिरपेक्ष राष्ट्र हो भने संदेश दिदै तत्कालीन पाकिस्तानी सैनिक शासक अैयूव खानलाई चूनौती दिदै सन् १९६५ मा पाकिस्तानलाई युद्धवाट पराजीत गरे । “जय जवान जय किशान” को एकातर्फ नारा दिए भने अर्कोतर्फ कृषिको जिम्मा प्रसिद्ध वैज्ञानिक सूव्र्रमन्यलाई दिए भने विज्ञानको जिम्मा स्वामी नाथनलाई दिएर हरित क्रान्तिको विगुल फुके ।
शास्त्री मितव्यता सादगी र स्वाभिमानको पूर्तिमूर्ति नै थिए । सन १९६७ देखि १९७७ सम्मको कालखण्डलाई इन्दिरा गान्धीको शासनको कालखण्डको रुपमा हेर्न सकिन्छ । इन्दिरा गान्धी शस्त्र र शास्त्र दुइटै भाषा बुझेकी थिएन । सन १९७१ तका पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आफ्ना सैन्य क्षमताको वलमा पाकिस्तानलाई टुक्रा गरेर वंलगादेशको धाई आमा बन्न पूगेकी इन्दिरा गान्धीले सन् १९६२ मा चीनको हारवाट खस्किएका भारतीय मनोवललाई बलियो बनाउन सफल भइन । स्मरण रहोस इतिहासको त्यो संकटपूर्व घडीमा अमेरिका र चीन भारतका विपक्षमा उभिएको थियो । वंगलादेशको जन्म भएपछि इन्दिराको दवदवा भारतीय राजनीतिमा वढ्दै दम्भ र अंहकारमा परिर्वतित भयो । तर भारतमा गान्धी मरे पनि गान्धीवाद जीवित अवस्थामा नै थियो । डा. लोहियाले इन्दिराको विपक्षमा राष्ट्रिय आन्दोलन चलाउदै सन १९६७ तिर धेरै राज्यहरूमा “गैर काङ्ग्रेस सरकार निर्माण गर्न सफल भए । केरेलामा कम्युनिष्ट, तमिलनाडुमा डि.एम.के र हिन्दी क्षेत्रमा समाजवादी पार्टीहरूको सरकार । इन्दिरा सूशासनको नाममा स्वेच्छारीता बढाइन । तदनुरुप सन् १९७५ मा संविधानका केही धाराहरूलाई निलम्वित गर्र्दै जनताको मौलिक अधिकार र हकलाई खारेज गरिन ।
स्वतन्त्रता आन्दोलनको अर्को वृद्ध नेता निष्ठा, विद्धता र एकताको प्रतिक जयप्रकाश नारायणले आपतकालीन व्यवस्था विरोधमा राष्ट्रिय आन्दोलन चलाए । जसलाई “जेपी” आन्दोलनको नाममा स्मरण गरिन्छ । जेपी आन्दोलनबाट इन्दिरा सताच्युत भइन । जेपी आन्दोलवाट नयाँ नेतृत्वको उदय भयो । मूरारजी देसाई, चौधरी चरण सिंह र जगजीवन राम । देसाइको शासनकाल पनि रोचक देखिन्छ । देशाइको मन्त्रिमडलमा पराराष्ट्र मन्त्री अटल विहारी वाजपेयी थिए भने सूचना मन्त्री लालकृष्ण आडवाणी थिए । यी दुइवटै नेतृत्व हिन्दुस्तान चिन्तन धारावाट संचालित जनसंघवाट थिए । वाजपेयीले चीनको भ्रमण गरेर सन १९६२ पछि भारत र चीनको सून्य सम्बन्धलाई क्रम भंग गरे । देसाइको महत्वपूर्ण उपलव्धि नै विज्ञको हातमा शासन भार दिनु थियो । देसाईले डा. मनमोहन सिंहलाई अर्थ सचिवमा नियुक्त गरे भने स्वामीनाथलाई कृषि मन्त्रालयको जिम्मा दिए । दरो नेतृत्व नहुनु र आपसी कलहले गर्दा राजनीतिको अखाडामा देसाई धेरै टिक्न सकेन । सन् १९८७ देखि सन् १९९७ को कालखण्ड पनि कम रोचक छैन । समग्रमा भन्ने हो भने यी कालखण्डमा “मण्डल” “मन्दिर” र “मार्केट” ले राजनीतिलाई परिचालित गरेको देखिन्छ । राजीव गान्धी प्रधानमंन्त्री भए, उनको साकारात्मक पक्ष नै भारतलाई आधुनिककरणमा लग्नु थियो ।
तत्कालिन पश्चिम वंगालका मुख्यमन्त्री ज्योती वषुले व्यङ्गात्मक भाषामा उनलाई “मिष्टर कम्प्युटर” भन्ने गर्थे । राजीव गान्धी समन्वयको राजनीतिलाई अगाडि बढाए । अल्पसंख्यकप्रति उनी संवेदनशिल थिए । इरानभन्दा पनि पहिले सलमान रुसदीद्वारा लिखित पुस्तक “स्याटानीक भरसेस”लाई प्रतिवन्ध लगाए । राजीव गान्धीको हत्यापछि भारतमा एउटा नयाँ युगको शुत्रपात भयो । नरिसंहा राव र डा. मनमोहन सिंहको आगमन । इतिहासले नरसिंह रावसंग न्याय गरेको छैन । विराट वौद्धिक व्यक्तित्व, प्रशासनिक र कूटनीतिक क्षमताले पूर्ण र सरलता र चतुरताको संगम रावले खुला अर्थव्यवस्थाको थालनी गरेर भारतलाई एउटा नयाँ युगमा प्रवेश गराए । परराष्ट्रनीतिको क्षेत्रमा “लुक इष्ट पोलिसी” रावको नै नीति हो । भारतीय संसदमा विजेपीलाई वेद वाणीवाट चुप लगाउन सक्ने र कूटनीतिमा विभिन्न विदेशी भाषाको प्रयोग गरेर विनोद गराउन सक्ने सायद भारतले यस्तो प्रधानमन्त्री पाएको छैन । रावद्वारा लिखित पुस्तक “इनसाइडर”ले रावको व्यक्तित्व र कृत्तित्वलाई उदघाटित गर्दछ । रावपछि वाजपेयीको युग न्यूक्लियर परिक्षण, लाहोर बस यात्रा, कारगील युद्ध जस्ता परिघनाले स्मरण गरिन्छ । बाजपेयी सर्वदलीय सरकार, समन्वयको राजनीति, सन्तुलनको परराष्ट्र नीति, सडक सन्जालबाट उदारीकरण अर्थव्यवस्थाको सन्चालनले गर्दा इतिहासले उनलाई आदरपूर्वक नमन गर्दछ ।
सन् २०१४ एउटा नयॉ युगको उदय भयो । नरेन्द्र दामोदर मोदीको युग । मोदीले वेष्टमिनिष्टर मोडेललाई राष्ट्रपतिय चूनावी पद्वतिको रंग रुप दिदै राहुल गान्धीलाई आफ्नो समकक्षिय बनाउदै चूनावमा अभुतपूर्व सफलता प्राप्त गरे । इतिहासकार रामचन्दू गु्हाले मोदीको नेतृत्वलाई इन्दिरा गान्धीको नेतृत्वसंग तुलना गरेका छन् । संजय गान्धीको इसारामा चल्नु र अल इन्दिरा रेडिया संचालनका घटनालाई अमित साहको सल्लाह र मोदीको कार्यक्रम “मनकीवात”संग उनले तुलना गरेका छन्
सन् २००७ देखि सन् २०१७ को कालखण्डमा चर्चा गरौं । वाजपेयीको अवतरण पछि डा. मानमोहन सिंह प्रधानमन्त्री भए । खुला अर्थव्यवस्थालाई डा.सिंहले दिशानिर्देश दिए तापनि भ्रष्टाचार र पार्टीको दवावले गर्दा सिंह दृष्टिले सृष्टि गर्न सकेन । सन् २०१४ एउटा नयॉ युगको उदय भयो । नरेन्द्र दामोदर मोदीको युग । मोदीले वेष्टमिनिष्टर मोडेललाई राष्ट्रपतिय चूनावी पद्वतिको रंग रुप दिदै राहुल गान्धीलाई आफ्नो समकक्षिय बनाउदै चूनावमा अभुतपूर्व सफलता प्राप्त गरे । इतिहासकार रामचन्दू गु्हाले मोदीको नेतृत्वलाई इन्दिरा गान्धीको नेतृत्वसंग तुलना गरेका छन् । संजय गान्धीको इसारामा चल्नु र अल इन्दिरा रेडिया संचालनका घटनालाई अमित साहको सल्लाह र मोदीको कार्यक्रम “मनकीवात”संग उनले तुलना गरेका छन् । तर आसियानदेखि अमेरिका र यूरोप सामिप्यता राखेर इण्डोप्यासिफिक क्षेत्रको नेतृत्व पाएर र कर्वाडको अगुवाई पाएर मोदी प्रजातान्त्रीक पद्धतिवाट शक्तिशाली नेताको रुपमा आफुलाई चित्रण गरेको देखिन्छ ।
समग्रमा भारतको प्रगति यात्राले चूनावलाई महाकुम्भ बनाएको छ भने सञ्चारलाई जनताको नयन बनाएको देखिन्छ । प्रजातन्त्रले विकास सुस्तरी हुन्छ तर सहभागीताले विकासलाई स्थायीत्व दिन्छ । अमेरिकाले गरेको दुई सय वर्षको विकास सोभियत रुसले ७० वर्षमा गरेता पनि रुसको विकास सहभागी र समावेशी नभएकोले गर्दा स्थायी हुन सकेन । भारतको सात दशकको प्रजातान्त्रिक यात्रावाट लाभांश लिन सकिन्छ । स्वतन्त्रता दिवसको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्