जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ०६:४६

भारतमा १८ लाख ७ हजार ५५६ जना कोरोना संक्रमित निको


काठमाडौं, साउन ३१ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिवार विहान सम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको छ ।