जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ०९:०२

ओली-प्रचण्ड सहमतिले माधव नेपालको चित्त दुख्यो


काठमाडौं, साउन ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमति जुटन लाग्दा बरिष्ठ नेता माधवकुमार नेपालले भनेचित्त दुखाउनु भएको छ । आफूहरुकोसाथ लिएर अध्यक्ष ओलीसँग फाइट टु फिनिसकोलडाई लडने बताए पनि अध्यक्ष प्रचण्डले गोप्य सहमति गरेर धोका दिएको भन्दै नेपालले आफू निकट नेताहरुसँग चित्त दुखाउनु भएको हो ।

‘हामीसँग मिलेर जाने कुरा छाडेर एकाएक प्रचण्डले प्रधानमन्त्रीसँग गोप्य सहमति गर्नुभएको छ, त्यही समहतिअनुसार झलनाथ खनाललाई छाडेर जनार्दन लिएर जानुभयो, कार्यदल गठन गर्ने सहमति गर्नुभयो, त्यो उहाँहरुबीच भएको सहमतिलाई बैधानिकता दिनका लागि मात्रै हो, यो धोका नै हो,’ आफूनिकट नेतासग नेपालको भनाई उधृत गर्दै नेपाल निकट एक नेताले जनताटाइम्ससँग भन्नुभयो । त्यसो त नेपालले सञ्चार माध्यममापनि यस्तै आशंकायुक्त अभिब्यक्ति दिनुभएको छ । बरिष्ठ नेता नेपाल नेकपाभित्र ओली र प्रचण्डबीच मिलन हुनै हुन्न भन्दै ओलीलाई जसरी पनि एक पद छाडन लगाउनै पर्ने योजनामा हुनुहुन्छ । महाधिवेशन अगावै ओलीलाई दुईमध्ये एक पदबाट हटाएर आफू जाने योजना उहाँको छ । नेता नेपालले आफूलाई नसोधी कार्यदलमा सदस्यहरु राखिएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।

दुई अध्यक्षबीच करिब–करिब सहमति भएको, तर प्रचण्डले सबै कुरा नखुलाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले स्पष्ट गर्न मागसमेत गरेको ती नेताले बताए । समस्या समाधानका लागि कार्यदल बनाउने र त्यसैले सबै गृहकार्य गर्ने भन्ने कुरा भए पनि दुई अध्यक्षबीचको पछिल्लो छलफल र समझदारीबारे भने आफूलाई जानकारी नभएको भनाई नेपालले राखिसक्नु भएको छ ।

गत साउन २० गतेयता नौ दिनको संवादहीनतापछि भएको पहिलो दिनको भेटवार्तामै ओली–प्रचण्डबीच समाधानउन्मुख सहमति भएको बाहिरिएपछि नेपाल समूहले ‘गोप्य सहमति’को आशंका गरेको छ । बिहीबार बानेश्वरको थापागाउँस्थित एक कलेजमा भएको प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलामा पनि नेपालपक्षीय नेताहरूले दुई अध्यक्षबीचको समझदारीबारे प्रचण्डसँग आशंकायुक्त प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले स्थायी कमिटी बैठकबाटै समस्या समाधान गर्ने समझदारी भएको जानकारी गराउनु भए पनि नपाल समुहले चित्त बुझाएको छैन ।

पाटीृ एकता गर्दाको सहमति छाडेर अध्यक्ष प्रचण्ड माधव नेपालसँग समीकरण गर्दा नेकपाभित्रको बिवाद चरम सीमामा पुगेको थियो । नेपालले आफूले गरेको सहमति नमान्ने र आफ्नै आदेश पालक बनाउने योजना बबनाएपनि प्रचण्ड झस्किनुभएको थियो । उहाँले आफू निकटसँग नेपालसँगको सहकार्य घाँडो भएको र उहाा जसरी पनि पार्टीलाई एकजट बनाउन नदिने सुनियोजित योजनामा रहेको जानकारी प्रचण्डले दिनुभएको थियो । सोही धारणापछि प्रचण्डडलाई निकट नेताहरुले समिकरण भन्दा ओलीसँगै मिलेर निकास दिन सुझाउनु भएको थियो ।