काठमाडौं, साउन ३१
काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याकाण्ड आवेगमा नभई योजनाबद्ध भएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्याको अभियोगमा चितवनस्थित माइतिघरबाट पक्राउ परेकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)को टेलिफोन कलबाट सो कुरा पत्ता लागेको हो ।
अनुसन्धानमा संलग्न अधिकारी स्रोतका अनुसार उनले हत्या अगावै माइतिघरसम्म पुग्नका लागि सवारी खोजेको र त्यसपछि मृतक कृष्ण बहादुर बोहोरालाई बोलाएको खुलेको छ । हत्या भएको दिन अगाडी कल्पनाले एम्बुलेन्स चालकलाई टेलिफोन गरी काठमाडौं आउने दिन सोधेकी थिइन् । साउन २५ गते उनले एम्बुलेन्स चालक (भिनाजु भन्दै आएकी) व्यक्तिसँग उनले सम्बाद गरेको र ६ हजार रुपैयाँमा चितवन पु¥याइदिने सहमति बनेको थियो ।
त्यसपछि उनले कृष्ण बहादुरलाई भोड्का र दही लिएर आउन बोलाएकी थिइन् । त्यसपछि सोही दहीमा उनले औषधि मिसाएर खुवाएर हत्या गरेकी थिइन् । तर, प्रहरीले हत्यामा के के कारणहरु छन् भनेर अनुसन्धान गरिरहेको बताएको छ । कल्पनाले यौन उत्पीडन गरेकाले हत्या गरेको बताउदै आएकी छिन् ।
यसैबीच, प्रहरी कृष्णबहादुर बस्दै आएको होटलबाट बरामद गरेको एउटा कापीमा ६० लाख रुपैयाँ लिन बाँकी लेखिएको भेटाएको छ । तर, सो रकम कसबाट लिन बाँकी रहेको भनेर केही उल्लेख छैन । जसले गर्दा प्रहरीलाई अनुसन्धान अगाडी बढाउन कठिनाइ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्