जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार १४:५६

प्रचण्डसँग भेटेरै खनाल, नेपाल र श्रेष्ठले जनाए आपत्ति


काठमाडौं, साउन ३१

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न गठन गरिएको कार्यदलबारे वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ ।

लामो समयदेखीको विवाद मिलाउन शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले आजबाट काम समेत शुरुवात गरिसकेको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलको बैठक भैसेपाटीमा बसिरहेको बताइएको छ ।

कार्यदल गठन गरेको भोलीपल्ट आज विहान प्रचण्ड निवास पुगेर वरिष्ठ नेताद्वय खनाल, नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनु भएको हो । कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्‍यो भनेर अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएको स्रोतले जानकारी दिएको छ । तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेको बताइएको छ ।