जनता टाइम्स

३२ श्रावण २०७७, आईतवार ०९:०४

पर्सामा थपिए ४७ जना कोरोना संक्रमित


बीरगञ्ज, साउन ३२ । पर्सामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १० महिलासहित ४७ जना रहेको अस्पताल प्रशासनले जनाएको छ । संक्रमितमध्ये ४५ जना पर्साका र २ जना बारा रहेका छन । नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वडाका ७ जना कर्मचारी पनि रहेका छन् ।

त्यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिकाका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एक, एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।