जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १९:००

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे, आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा निधन


काठमाडौं, भदौ २

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ । उहाको आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । घिमिरेका छोरा राजीव घिमिरेले दिएको जानकारी अनुसार उहा पछिल्लो समय बिरामी रहनु भएको थियो ।

१ सय १ वर्षको उमेरमा उहाको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उहाका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।