जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार २०:३८

कोरोना नियन्त्रणमा १२ अर्ब खर्च, यस्तो छ विवरण


काठमाडौं, भदौ ५

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अहिलेसम्म १२ अर्ब रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गर्नुभएको हो ।

कोरोना नियन्त्रणमा चैतदेखि साउन मसान्तसम्ममा ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । प्रवक्ता खतिवडाका अनुसार संघीय सञ्‍चित कोषणबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।

यस्तो छ खर्च विवरण