लण्डन, भदौ ७ । भारतीय नेता महात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ । लिलाम बढाबढबाट गान्धीको चस्मा सो मुल्यमा बिक्रि भएको हो ।
बेलायती लिलाम गर्ने कम्पनीले भारतीय स्वतन्त्रवादी नेता गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर रहेको थियो । बीबीसीका अनुसार सो चस्माको स्वामित्व ब्रिस्टलको म्यानगस्ट्सफील्डका एक वयोवृद्धसँग थियो । उनले लिलामीबाट यति ठूलो रकम आउनसक्ने अनुमान नै गरेका थिएनन ।
समाचार अनुसार लिलामीमा राख्ने व्यक्तिले काम नलाग्ने भन्दै फालिदिन पनि खोजेका थिए । तर अकल्पनीय रकम आउने भएपछि उनले यो चस्माबाट आउने रकम छोरीसँग बाँड्ने प्रतिक्रिया दिएका छन । एउटा पत्रमन्जुसामा चस्मा भेटिएको र उक्त चस्माबारे खोजी तथा परीक्षण गरिएको थियो । समाचार एजेन्सीहरका अनुसार चिठीको खामभित्र भेटिएको उक्त चस्मासँगै गान्धीको चस्मा भएको व्यहोरा लेखिएको पत्र समेत थियो ।
प्रतिक्रिया दिनुहोस्