जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १२:२६

फेरी घट्यो सुनको भाउ, आजको बजार मूल्य कति ?


काठमाडौं, भदौ ७

आज सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ४ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९७ हजार ९ सयमा आईपुगेको छ ।

चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ९३५ र र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ५३ रुपैयाँ कायम गरेको छ ।