जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार ११:३०

अपर तामाकोशीको ११औं वार्षिक साधारणसभा असार ११ गते


काडमाण्डौं, जेठ १३

अपर तामाकोशीले असार ११ गते ११औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको २०४
औं सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।

सर्वसाधारण समुहबाट चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले गत वर्ष सर्वसाधारण समुह तर्फको शेयर निष्काशन गरेको थियो। विभिन्न चरणको शेयर निष्काशन सम्पन्न भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जेठ २० गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउने छन्।