जनता टाइम्स

८ भाद्र २०७७, सोमबार ११:३८

इटहरी उपमहानगरको दुई ओटा वडा शिल गर्ने निर्णय


सुनसरी, भदौ ८ । इटहरी उपमहानगरपालिकाको दुई ओटा वडा शील गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेतको उपस्थितिमा भएको वैठकले वडा नम्वर ६ र ९ लाई शिल गर्ने निर्णय गरेको हो ।

वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या वढिरहेकाले शिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले वताउनुभयो । वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालका अनुसार भदौ १४ गते सम्म शिल गरिएको छ । ती वडामा अतिआवश्यक सेवा र पसलवाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा आठ जना संक्रमित छन ।

यसैगरी वैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको छ । यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्वन्धित मन्त्रालय र निकायहरु सँग आब्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गतेसम्म निशेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात, वजार, संघ, सस्था वन्द छन ।