जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १३:२१

पहिरोले घर पुरिँदा १९ वर्षीया युवतीको मृत्यु


गलकोट, भदौ ९

अविरल वर्षाका कारण पहिराले घर पुरिएर बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­–२ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को घर सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।