मनोरञ्जनमूख्य समाचारसमाचारसमाज

प्रधानमन्त्री ओली बुझ्न सुन्नैपर्ने यो गीत (भिडियोसहित)

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा आधारित उत्कृष्ट गीत तयार भएको छ । चर्चित कलाकारहरुले प्रधानमन्त्री ओलीको जीवनीसहित उहाँको स्वाभिमानी छवीलाई गीतको माध्यमबाट आम जनतामाझ उजागर गरेका हुन ।

एम क्षेत्रीको शब्द रहेको सो गीतमा महेश खडकाको संगीत र शिशिर योगीको स्वर रहेको छ । ‘जो आफू मरेर पलपल बाँचिरहे बोलबाट’ सुरु यस गीतमा प्रधानमन्त्री ओलीको समग्र पाटोलाई उजागर गर्ने प्रयाश गरिएको छ ।

यस गीतमा …देशमा आइपरे संकट जवजव, सतिसाल बनेर उभिए तवतव.. भन्दै ओलीले देश र जनताका लागि लिएको अडानलाई पनि उजागर गरिएको छ । केही समय अघि यूटुवमार्फत सार्वजनिक यस गीतमा ओली साँच्चीकै जनताको नायक रहेको तथ्यहरु औल्याएको छ ।

गीत सुन्न र हेर्न तल क्लिक गर्नाेस

सम्माननीय प्रधानमन्त्री ज्युको जीवनी मा आधारित "देश का लागि बाची रहे "श्री के.पी.शर्मा ओली

सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओली ज्युको जीवनी मा आधारित एस क्षेत्री को शब्द ,महेश खड्का को संगीत र शिशिर योगी को स्वरमा प्रस्तुत `जो आफु मरेर पलपल देशका लागि बाँचीरहे´ बोलको गीत हामी सबैले एकपटक सुनौ र अरुलाई पनि सुन्न प्रेरित गरौ ।

Posted by Prime Minister KP Oli Supporter on Wednesday, 24 June 2020

Comment here