जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १४:०४

मोडल बिमल अधिकारीको ‘जिन्दगी खास छ’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, भदौ ११

मोडल बिमल अधिकारीको अभिनयमा जिन्दगी खास छ सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र बादल थापाको स्वरमा रहेको नयाँ गीत ‘जिन्दगी खास छ’ सार्वजनिक भएको हो । गीतमा अधिकारी र आइष्मा चौधरीले अभिनय गर्नुभएको छ । भावना म्युजिक सोलुसन प्रा.लिद्धारा बजारमा आएको जिन्दगी खास छ अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको हो।

गीतमा विशाल निरौलाले संगीत भर्नुभएको छ । रोशन सिंहले उक्त गीतको शब्द रचना गर्नुभएको हो भने, विक्रम चौहानको निर्देशित रहेको भिडियोमा करियोग्राफी पनि चौहानले नै गर्नुभएको छ । त्यस्तै भिडियोमा बिमल र आइष्माको प्रेमभावलाई देखाएको छ ।

निरौलाको संगीत संयोजन र मिक्सीङ किशोर थापाले गर्नुभएको हो । निर्देशक तथा कोरियोग्राफर चौहानले नै गर्नुभएको भिडियोलाई बुद्द थापाको टिमले छायांकन गर्नुभएको हो । त्यस्तै भिडियोलाई सुरेश काफ्लेको ड्रोनमार्फत खिचिएको हो । मिनल बिकले सम्पादन गर्नुभएको हो ।

पछिल्लो समय नेपाली गीत संगितको क्षेत्रमा चर्चित बन्दै आउनुभएको मोडल अधिकारीले आफ्नो अभिनयका कारण दर्शकहरुको मायाले यस अवस्थासम्म आउन सफल भएको बताउनुभयो। नेपाली लोक गित संगितको क्षेत्रमा निरन्तर एक पछि अर्को सफल गीतको भिडियोमा अभिनय गर्दैआउनुभएको उहाँले अर्को उत्कृष्ट गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।