काठमाडौं, भदौ १४
नेपाली सेनाको मुख्यालयस्थित भद्रकाली पेट्रोल पम्पमा कार्यरत एक सैनिक जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । ड्यूटीमै रहेको बेला गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
आइतबार बिहान ३ बजे ड्यूटीमा रहेका ती सैनिकले आफैंले बोकेको हतियार प्रयोग गरी कन्चडमा गोली हानी हत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्। उनको घरपरिवारलाई खवर भईसकेको बताइएको छ ।
सैनिक प्रहरीले नेपाल प्रहरीको समान्पयमा पोस्टमार्टम गर्ने र घटनाको अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्