जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १८:४४

केही खुकुलो भयो काठमाडौं उपत्यकामा निषेधाज्ञा : यी १३ काम गर्न पाइन्न, यी १६ काम गर्न पाइन्छ (सूचीसहित)


काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुला गरी एक साताका लागि थप भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णयअनुसार आजबाट सात दिनका लागि निषेधाज्ञा थप भएको हो ।

निर्णयअनुसार तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरी गर्न हुने र गर्न नपाइने सूची सार्वजनिक गरेका छन । आजबाट निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ । बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ भने बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । भदौ ३ बाट जारी निषेधाज्ञा १० गते सकिएलगत्तै सोही दिनको निर्णयानुसार आज राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो । आज पुनः एक साताका लागि थप गरिएको हो । हाल उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी रहेको छ ।

kathmandu-aades