वितेका कुरालाई यथार्थमा परिणत गर्दै कालापानी, लिपुलेक र लिम्पीयाधुराको नक्सा पुनस्र्थापित गरेर आफ्नो राष्ट्रको एक इन्च भुमी नछाड्ने प्रतिवद्धतासहित अघि बढेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई जसरी नि ढाल्ने जुन खेल विदेशीहरुले अघि सारेका थिए, त्यसलाई वामदेव गौतमको ६ वुँदे (साउन १३) मेलमिलाप योजनाले भताभुङ्ग पारेपछि त्यो विदेशी शक्तिले नेकपाका सवै नेता र नीतिको जगमा वामदेवलाई देखेर आक्रमण अघि बढाएको छ।
गीता कार्की
अहिले नेपालको राजनितीको वौद्धिक बहसमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाकै बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालको कुनै न कुनै खोट पत्ता लगाएर उहाँहरुको उछितो काढ्ने महारोग लागेको छ । योसँगै सरकारले गरेको राम्रा कामलाई छाँयामा पार्न भ्रष्टाचार मात्र गर्यो, अरु केही गरेन भन्ने अफवाहको बाढी लगाउने काम पनि जारी छ । यही खेल जारी रहेकै बेला सवैलाई माथ गर्ने गरी जताततै एउटा नाम छाएको छ, अखबारदेखि सामाजिक सञ्जाल जता हेरेपनि त्यो नाम चर्को विवादको केन्द्रमा आयो । त्यो हो नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख कमरेड वामदेव गौतम ।
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लाग्दा वाहवाही गर्ने त्यो समुह स्थीरता र नेकपा बचाउन प्रधानमन्त्री ओलीलाई बामदेवले साथ दिएपछि एकोहोरो खेदो खन्न ब्यस्त देखिएको छ । प्रधानमन्त्रीलाई साथ दिएकै कारण त्यो समुह वामदेव गौतमबारे अखबारहरुमा प्रायोजित खालका कटु आलोचनामा उत्रिएको छ । उहाँलाई पार्टीले कुनै पद प्रदान गर्दाखेरी जनमत, व्यवस्था र संविधानमाथि गम्भीर घात गरिएको जस्ता अत्यन्त नकारात्मक शत्रुुतापूर्ण र पुराना रिसीवी साध्न खोजे जस्ता टिप्पणीहरु गरेको पाइयो । त्यसको विपरीत सामाजिक सञ्जालमा भने दुई थरी वुद्धिजीवीहरुका धारणाहरु आएका छन् । त्यसमा अति नै चर्चित एक अभियन्ता जो नेकपा निकत मानिन्छन, तिनीहरुले आफूले कुनै गतिलो पद नपाएको रिसीबी पोखेर बोले जस्तो लाग्छ । ठीक त्यसको विपरित स्वतन्त्र तर कहिल्यै कुनै पदका राजनीती नगरेका अभियान्ताले भने कम्युनिष्ट पार्टीमा पहाड जस्तो व्यक्तित्व भएको एक दर्जन नेताहरुमा वामदेव पनि पर्ने कुरा राखेका छन ।
आखिर वामदेवमाथि नेपाली प्रेस र बुद्दिजीवीहरु एकाएक हुल बाँधेर हमला गर्न किन पुगे ? यसको अन्तर्यमा गयो भने पार्टी र देशको लागि के गर्दा राम्रो हुन्छ भन्ने सवाल स्वयंमा स्पष्ट हुन्छ । उनीहरु नेकपा र प्रधानमन्त्री ओलीले जे गरे पनि उल्टो प्रचार गरेर जनतामा भ्रम छर्न तल्लिन देखिन्छन । कम्युनिष्ट पार्टीको सरकार उनीहरुलाई पचेको छैन । वामदेवमाथि नकारात्मक टिप्पणी गर्नेहरु सकारात्मक रुपमा उनको महत्व दर्शाउनेहरुको इतिहास हेर्ने हो भने एउटा सामाजिक अभियन्ताले ज्यादै तिखो प्रतिक्रिया दिँदै निश्चित दुतावासका हण्डीवालहरु, सामन्ती व्यवस्थाको वकालत गर्दै उच्च ओहोदामा रहेकाहरु र हाल सुरक्षा अंग मातहत फाइदा लिएकाहरु वामदेवप्रति आक्रामक देखिन्छन ।
वैदेशिक शक्तिको प्रत्यक्ष रुपमा संलग्न र उनीहरुकै आवाज बोल्ने एक जना राजदुत केही सांसद र कानुन व्यवसायी स्वयं पत्रकारहरु जो वामदेवविरुद्ध नाचिरहेका छन, जसले उनीहरुलाई उचालेको छ । त्यो अन्तराष्ट्रिय शक्तिले वामदेवलाई आज पनि घातक शत्रुको पंक्तिमा राखेको उसको एजेन्टहरुको नाङ्गगो हमलाले पुष्टि भएको छ । बामदेव यस्तो नेता हुन, जसले महान देशभक्त नेता मदन भण्डारीको मार्गलाई दह्रोसँग अंगालेको इतिहास साँची छ । टनकपुर खानेहरुका विरुद्ध जसरी मदन भण्डारी जागेका थिए, वामदेवको इतिहास हेर्दा त्यसरी नै कालापानीमा खुकुरी नचाउन पुगेका थिए । त्यो पुरानो वितेका कुरालाई वास्तवमा यथार्थमा परिणत गर्दै कालापानी, लिपुलेक र लिम्पीयाधुराको नक्सा पुनस्र्थापित गरेर आफ्नो राष्ट्रको एक इन्च भुमी नछाड्ने प्रतिवद्धतासहित अघि बढेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई जसरी नि ढाल्ने जुन खेल विदेशीहरुले अघि सारेका थिए, त्यसलाई वामदेव गौतमको ६ वुँदे (साउन १३) मेलमिलाप योजनाले भताभुङ्ग पारेपछि त्यो विदेशी शक्तिले नेकपाका सवै नेता र नीतिको जगमा वामदेवलाई देखेर आक्रमण अघि बढाएको छ ।
बामदेवलाई नउखेलेसम्म नेकपालाई कमजोर पार्न सकिन्न, प्रधानमन्त्री फेर्न सकिन्न र नेपालको राजनीतिलाई अस्थिर बनाएर बन्दर नाच नचाउन सकिन्न भन्ने ठहर गरेरै यी सव काम भएको छ । त्यसैको फलस्वरुप अनेकथरी मसानहरुलाई ओली सरकारबिरुद्ध मिसन चलाउनकै लागि वामदेवविरुद्ध उतारिएको छ । अर्थात सरकारको नेतृत्व र बामदेवमाथि निशाना केन्द्रित भएको छ । यसमा धेरै जसो नेपाली काँग्रेसको खोलमा रहेका ठूला-ठूला पदमा आसिन व्यक्तिहरु समेत देख्दा त्यो पार्टीकै यर्थाथ छवि के रैछ भन्ने समेत अर्थ लाग्न जानुले उक्त दललाई लाजमर्दो स्थितिमा पुर्याएको छ । यस्तै गणतन्त्रलाई ढालेर धर्मको आडमा विदेशीहरुको बुइ चढेर नेपालमा पुर्नस्थापित हुन चाहने सामन्ती विघटनकारी तत्व पनि खुलेर वामदेव गौतमको विरोध गरेझै गरी नेकपा र वर्तमान सरकार र संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा उत्रेको छ । पहिलेका राजाहरुले अति महत्व दिएको समाज कल्याण परिषददेखि राज परिषदसम्म निर्णायक पदमा राखेको सुर्य किरण गुरुङ्ग जस्ता सामन्तवादीलाई अघि सारेको देख्दा विस्तारवादी साथमा सामन्ती तत्वले पनि घाटी जोडेर वामदेव र नेकपामाथि हमला गरेको देखियो ।
वामदेव गौतमको चरित्र हत्यामा केही पूर्व कम्रेडहरु पनि लागेको र त्यसमध्ये हाल सेनाका निकट मानिने अभियान्ताहरुले वामदेवको व्यत्तित्व विघटन गर्न निकै क्रान्तिकारी लफ्फाजीहरु खर्च गरेको देखिन्छ । भन्नेहरुले नेकपाभित्रका गुटहरुकै खेलमा सेनाबाट भत्ता खानेहरु प्रयोग भएका छन भन्दा अतियुक्ति नहोला । अहिले नेपालको राजनीतिले लामो समयपछि अस्थिरताबाट उन्मुक्ति पाइरहेको छ । राष्ट्रलाई अस्थिर बनाएर अध्यारो कुनामा मोल-मोलाइ गर्ने शक्तिलाई जनताले पराजित गरेको छ । त्यसैको वलमा राष्ट्रको भुमि मिचिदा कमरेड केपी ओलीको नेतृत्वमा सिङ्गगो नेपाल एकजुट भएर उभिएको छ । अन्तर्राष्ट्रिय शत्तिहरुले नेपालको व्यक्तित्वलाई मान्न थालेका छन् । तर नेपाललाई आफ्नो घुडामुनि राख्न चाहने केही औपनिवेशिक चरित्रका दुष्ट शत्तिहरु नेपालको राजनितिमा देखापरेको र स्वाधिन व्यक्तित्वलाई अनेकन वहानामा तोड्ने प्रयत्नमा थरीथरी लिलाहरु रचिहरहेका छन् । तिनीहरुका लागि कहिले प्रत्यक्ष र कहिले अप्रत्यक्ष वामदेव फ्याक्टरले कुनै पनि राष्ट्रघातविरुद्ध सिरुपाते खुकुरी चम्काउन छाडेको छैन । त्यसैले त स्वतन्त्र वुद्धिजीवीहरुले पनि राष्ट्रको अस्तित्वको सवालमा वामदेवको व्यक्तित्वलाई हिमाल जस्तो उच्च छ भनी विशेष मुल्यांकन गरेका छन ।
प्रतिक्रिया दिनुहोस्