जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार २०:४३

‘नेकपामा सहमति र सहकार्य अपरिहार्यता भन्ने सत्य स्थापित भयो’


काठमाडौं, भदौ २६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एंव प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललले नेकपामा सहकार्य र सहमति अपरिहार्य रहेको सत्य स्थापित भएको बताउनु भएको छ । लामो समयदेखी विवादका कारण स्थगित भएको स्थायी कमिटी बैठक आजबाट सकिएपछि उहाले सो कुरा बताउनु भएको हो ।

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको १५ बुँदे प्रस्ताव पारित गरेपछि उहाले सामाजिक सञ्जालबाट सहमति र सहकार्य नै यतिबेलाको अपरहार्यता रहेको सत्य स्थापित भएको बताउनु भयो । ‘असार १० देखि सुरुभएको वैठक आज विधिवतरुपमा सम्पन्न भएको छ । सहमती र सहकार्य नै यतिवेलाको अपरिहार्यता हो भन्ने सत्य नि स्थापित भएको छ’, उहाले भन्नुभएको छ ।