जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार ११:५१

डिआइजी सिंहद्धारा ईकाइको अनुगमन


सर्लाही, भदौ २८

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेका ईलाका प्रहरी कार्यालय बरहथवा, हरिवन र प्रहरी चौकी पथरकोटको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । डिआइजी सिंहले सर्लाहीको वर्तमान शान्ति सुरक्षाको बिषयमा छलफल गरी हाल बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को सम्बन्धमा अपनाउनु पर्ने सतर्कता, प्रहरी कर्मचारीको आचरण तथा व्यवहार, आर्थिक पारदर्शिता, मातहतमा रहेका प्रहरी कर्मचारीहरुको रेखदेख तथा नियन्त्रण र सिमा नाकाबाट हुने चोरी निकासीको नियन्त्रण तथा रोकथाम गर्न निर्देशन दिनुभयो ।

साँथै उहाँले खोलानालाबाट हुने गिटी, बालुवाको उत्खन्न तथा दोहन र आफुले निर्वाह गरेका जिम्मेवारी तथा काम कर्तव्यको समयमा जाहेरी गर्नुपर्ने लगायतका विषय वस्तुमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेका सम्पुर्ण प्रहरी ईकाइहरुको प्रमुखहरुलाई सुझाव तथा कडा निर्देशन दिनुभयो । डिआइजी सिंहले शान्ति सुरक्षामा खलल पुर्याउने जोसुकैलाई पनि तत्काल कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेका सम्पुर्ण प्रहरी ईकाइहरुको प्रमुखहरुलाई कडा आदेश दिँदै भन्नुभयो, ‘प्रदेश २ मा प्रहरीलाई चुनौती दिने जोकोहीलाई पनि छुट दिइँदैन ।’