जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १६:५५

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ को शव फेला, ८ जनाको पहिचान


सिन्धुपाल्चोक, भदौ २८

बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा पुरिएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ ।
बाह्रबिसे गाउँपालिका–७ का अध्यक्ष मीनबहादुर श्रेष्ठले पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको बताउनुभयो । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको छ ।

पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको उहाँले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो । पहिरोमा अझै २२ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ ।

वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको छ । जिल्लाभरिकै सुरक्षित मानिएको ठाउँमा पहिरो गएको हो । त्यो ठाउँमा भीरकोटबाट करिब १ किलोमिटर लामो पहिरो गइ भोटेकोशी नदीसम्म पुगेको छ ।