जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ११:०५

नारायणगढ–मुग्लिन सडकको खहरे पुलनजिकै ट्रक ठोक्किँदा ६ जना घाइते


चितवन, भदौ २९

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको भन्दै चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।