जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १९:२८

कोरोना महामारी खेपेका देवता रातो मत्स्येन्द्रनाथलाई लगियो बुङमती


ललितपुर, भदौ २९

सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिएको छ । मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ । कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकिएको थियो ।