काठमाडौं, भदौ २९
सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठक गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभामा राष्ट्रपतिले सरकारका तर्फबाट मनोनित गर्ने तीन सदस्यमध्ये एक पद खाली रहेको छ । युवराज खतिवडाको पदावधि समाप्त भएपछि खाली रहेको सिटमा गौतमलाई सिफारिस गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्