जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १०:३९

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं, भदौ ३०

सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उहाको निजी सचिवालयले जनाएको छ ।

तत्कालिन प्रवक्ता एंव सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएपछि सो जिम्मेवारी खाली रहेको थियो ।