जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १२:३५

कालाबजारीबिरुद्ध एक्शनमा उत्रियो सरकार : समातिए दोब्बर बढी मुल्यमा प्याज बेच्ने व्यापारी


काठमाडौं, भदौं ३१

प्याजमा कालोबजारी गर्ने एक व्यापारी बल्खुबाट पक्राउ परेका छन् । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले आज विहान पक्राउ गरेको हो ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गर्दा उनले प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएको थियो । व्यापारी केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताउनु भयो ।

उहाकाअनुसार दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ । अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ ।