जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १३:२३

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीले सम्हाले कार्यभार


काठमाडौं, भदौ ३१ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त डा सेनेन्द्रराज उप्रेतीसहित चारै जना पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अध्यक्ष उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट मन्त्रालयमै शपथ लिनुभयो भने सदस्यमा नियुक्त डा सुरेश तिवारी र चन्द्र थापाले अध्यक्ष उप्रेतीबाट सपथ लिनुभएको छ ।

सो अवसरमा मन्त्री ढकालले सवैलाई सफल कार्यकालका लागि शुभकामना दिँदै इमान्दार भएर परिणाममुखी काम गर्न निर्देशन दिनुभयो । बीमा बोर्डको सदस्यमा डा. शिला बर्मा पनि नियुक्त हुनुभएको छ ।