जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १५:०८

कालीमाटी र बल्खु तरकारी बजारमा आपूर्तिमन्त्रीको छड्के, प्याजमा कालोबजारी गर्ने ७ वटा पसल सिल


काठमाडौं, भदौ ३१

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभएको छ । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि आज बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले बताउनुभयो ।

मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गर्नुभएको थियो । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको हो । केही पसलेले अनुगमन टोललाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको छ ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई नियन्त्रणमा लिइएको सचिवालयले जनाएको छ ।