जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार २०:१३

मुख्यमन्त्री राईमाथि अंश मुद्दा लगाउने युवतीद्वारा गल्ती स्वीकार, अदालतसामू दिएको बयानले सवै चकित


काठमाडौं, भदौ ३१

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईमाथी अंश मुद्दा हाल्ने महिलाको कर्तुत खुलेको छ । उनले अन्य व्यक्तिको उक्साहटमा लागेर आफुले राईमाथी आक्षेप लगाएको अदालतमै स्विकार गरेकी छन् ।

राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी बालिका खड्काले मुद्दा फिर्ता लिएपछि उनको पोल खुलेको हो । राईले पनि विगतदेखी नै आफुमाथी अन्याय परेको भन्दै पार्टीभित्रै छानविनको माग गर्दै आउनु भएको थियो ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

यस्तो छ ति महिलाले मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदन