जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १७:०८

माननीयको शपथसँगै बामदेवको प्रतिवद्धता : मबाट राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम हुँदैन


काठमाडौं, असोज १

राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई आज राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो ।

लगत्तै उहाँले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गनुृभयो । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभयो ।