जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार ०७:३५

नेकपा सचिवालय बैठक स्थगित, यस्तो छ कारण


काठमाडौं,  असोज २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक आजका लागि तय भएको बैठक असोज ४ गते बस्ने भएको छ ।

आज र भोली संविधान दिवस मनाउनुपर्ने भएकोले बैठक ४ गते सारिएको नेकपाका प्रवत्ता नारायणकाजि श्रेष्ठले बताउनुभयो । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

ती निर्णयहरूको थप कार्यान्वयनकाबारेमा पर्सि असोज ४ गते बस्ने सचिवालय बैठकमा छलफल हुने छ । आइतवारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो ।